Logo

महुली लघुवित्तले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

महुली लघुवित्तले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४लाख १६ हजार १ सय ४७ कित्ता सेय प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

laxmi

उक्त एफपीओ जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL