Logo

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाऊ

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाऊ



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । आईतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

laxmi

यस्तै, नेपाली बजारमा सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सोमबार बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आईतबारको तुलनामा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL