Logo

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला, ५० प्रतिशतसम्म छुटमा ३ हजार बढी मोडलका जुत्ता पाईने

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला, ५० प्रतिशतसम्म छुटमा ३ हजार बढी मोडलका जुत्ता पाईने



काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवर्द्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।

laxmi

३ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा १ सय रुपयाँका चप्पलदेखि १० हजारसम्मका जुत्ता राखिने संयोजक उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL