Logo

रियलमिको नार्जो ५० ए प्राइम नेपाली बजारमा, कति पर्छ बजारमूल्य ?

रियलमिको नार्जो ५० ए प्राइम नेपाली बजारमा, कति पर्छ बजारमूल्य ?



काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली बजारमा आफ्नो नयाँ भेरियन्टको उक्त फोन सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार उक्त सिरिजमा अल्ट्रा–स्लीक डिजाइन , शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच ब्याट्री र एआई–सक्षम क्यामेरा राखिएको छ ।

मोबाईल सार्बजनिक कार्यक्रममा बोल्दै रियलमी नेपालका प्रमुख मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउदाँ उत्साहित भएको बताए । उनले उक्त नयाँ स्मार्टफोनले प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सार्वजनीक भएको नयाँ मोबाइलमा ६ दशमलव ६ एफएचडी डिस्प्लेका साथै ५० मेगापिक्सेलको क्यामेरा रहेकोले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

८ दशमलव १ एमएमको अल्ट्रा स्लिम स्मार्टफोनको तौल १९२ दशमलव ५ ग्राम रहेको छ । शक्तिशाली ब्याट्री भएकाले स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्नुका साथै फिंगरप्रिन्ट सेन्सर भएकोले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।

२१ हजार ७ सय ९९ रुपैयाँ मूल्य रहेको रियलमी नार्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलरमा उपलब्ध हुनेछ । जसमा ४ जिबी र्यामका साथै १२८ जिबी रोम क्षमता रहेको छ । नेपाली बजारमा उक्त स्मार्टफोन गत सोमबारदेखि उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL