Logo

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, ५० बढी डिलर सहभागी

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, ५० बढी डिलर सहभागी



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । दुइ दिने उक्त कार्यक्रम ‘च्यालेन्ज इग्निटीज सक्सेसेस’ नाराका साथ सम्पन्न भएको हो ।

laxmi

उक्त कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र आगामी दिनको कार्ययोजनावारे जानकारी दिने रहेको थियो । यसका साथै कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायीहरूले एक वा अर्को समस्याको सामना गर्दै आएको बताए ।

उनले उक्त अवस्थामा पनि आफ्ना डिलरहरूको अथक प्रयास र इन्नोभेसनका कारण नेपालमा प्रभाव छोड्न सफल भएको जानकारी दिएका छन । उनले आफ्ना सबै डिलरहरु र टिमको संयुक्त प्रयासले उक्त कुरा सम्भव बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL