Logo

खल्तीको जात्रा अफर विजेता घोषणा, तीन जनाले जिते पल्सर एनएस

खल्तीको जात्रा अफर विजेता घोषणा, तीन जनाले जिते पल्सर एनएस



काठमाडौं । खल्ती हाईपर लिंकले द बिगेस्ट पेमेन्ट जात्रा अफरका विजेता घोषणा गरेको छ । २०७९ जेठ १२ देखि ५२ दिन सम्म आयोजना गरिएको उक्त जात्रामा ५ लाख बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी संख्यामा कारोबार गरेका गरेका थिए ।
जात्रा अफरमा खल्ती प्रयोगकर्ताहरूले नगद फीर्ता र उपहार जितेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

अफर अन्तर्गत ३ जनाले बजाज पल्सर एनएस १६० एबिएस बाइक जितेका छन । यस्तै ७६ जनाले लकि ड्र मार्फत समग्रमा वान प्लस कम्पनीको ४३ इन्चको स्मार्ट टिभी ७ वटा, १४ वटा स्मार्ट फोन, ५२ वटा हवाई टिकट एक रुपैयाँमा र ५२ वटा स्मार्टब्याण्ड पाएका छन ।

यसका साथै २ लाख भन्दा बढी प्रयोगकर्ताले बढिमा ५ सय ५ रुपैयाँ सम्म नगदफिर्ता पाएका छन । खल्तीले बिजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउन हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL