Logo

साताको अन्तिमदिन नेप्से १५ अंकले बढ्यो, सवै समुहका परिसुचक उकालो लाग्यो

साताको अन्तिमदिन नेप्से १५ अंकले बढ्यो, सवै समुहका परिसुचक उकालो लाग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ मंसिर, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बृद्धि भएको छ । विहिबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्ततः १५ दशमलव १२ अंकले बृद्धि भएको छ । बुधबार ८ सय ५५ दशमलव ५१ अंकमा पुगेर अडिएको छ नेप्से विहिबार १५ अंकले बढेर ८ सय ७० दशमलव ६३ अंकमा पुगेर अडिएको छ ।

विहिबार बजारमा सवैभन्दा जलविद्युत् समुहको परिसुचक ४६ दशमलव ५२ अंकले बढेको छ । यसैगरी बीमा, होटल र बैंकिङ समुहको परिसुचक पनि क्रमश ः २७ दशमलव ३, ३४ दशमलव १५ र १९ अंकले बढेको छ । लामो समयपछि बैंकिङ समुह पनि दोहोरो अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढेपछि समग्र नेप्से परिसुचक पनि बढेको छ । विहिबार बजारमा सवै समुहका परिसुचक उकालो लागेका छन् ।

नेप्से परिसुचक उकालो लागेपनि कारोवार रमक भने बढ्न सकने । विहिबार बजारमा कुल १८ करोड ५५ लाख रुपैयाँको ४ लाख ८९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL