Logo

युरोपेली बजारमा विश्वासिलो ब्राण्ड बन्न सफल किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

युरोपेली बजारमा विश्वासिलो ब्राण्ड बन्न सफल किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा



काठमाडौं । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ ।

laxmi

चीनका विभिन्न क्षेत्रमा रहेका तिन वटा अत्याधुनिक प्लान्टहरुबाट विभिन्न आकारका र विभिन्न किसिमको प्रयोगका लागि बस, ट्रक तथा माईक्रो बसहरुको उत्पादन गर्ने किङ्ग लङ्गका उत्पादनको डिजाईन, रिसर्च एण्ड डेभलपमेन्ट तथा उत्पादन कार्यमा ६ सय भन्दा बढी अनुभवी ईन्जिनियरहरु संलग्न रहँदै आएका छन् ।

शोध तथा अनुसन्धानलाई उच्चतम प्राथमिकतामा राख्ने किङ्ग लङ्ग आफ्ना तिनै उद्योग मार्फत बार्षिक १ लाख बस तथा माईक्रो बस उत्पादन गर्दै आएको छ । उद्योग संचालनको तिन दशक पार गरिसकेको किङ्ग लङ्गले ४ लाख बस तथा माईक्रोबसको उत्पादन तथा विक्री वितरण गरे चीनियाँ बस उत्पादक तर्फ पहिलो स्थान हाँसिल गर्न सफल भएको हो । १३० देशहरुमा उत्पादनहरु निर्यात गर्ने किङ्ग लङ्ग युरोपेली बजारमा एउटा विश्वासिलो ब्राण्ड बन्न सफल भईसकेको छ ।

बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्वेडेन, माल्टा जस्ता देशहरुमा बजारमा अग्रस्थान हाँसिल गर्न सफल किङ्ग लङ्गले नेपाली बजारमा भने विद्युतीय माईक्रो बस लिएर प्रवेश गरेको हो । चीनको टप ५०० भ्यालुएबल ब्राण्डस् इन चाईनामा लगातार १४ बर्ष यता रहन सफल किङ्ग लङ्गले गुणस्तरीय र टिकाउ सार्बजनिक यातायातका साधनहरु उत्पादन गर्ने ब ्राण्डको रुपमा विश्व बजारमा आ नो पहिचान बनाउन सफल भएको छ ।

विश्व बजारका यातायात साधनहरुमा आवश्यक विभिन्न गुणस्तरीय मापदण्डहरु पुरा गरेको किङ्ग लङ्ग प्रतिस्पर्धी मूल्य, किफायती संचालन खर्च र सस्ता स्पेयर्सपार्टस्को लागतका माध्यमबाट आ ना उपभोक्तालाई बढी लाभान्वित गराउन सफल हुँदै आएको छ । नेपाली बजारमा किङ्ग लङ्गको प्रवेश नेपाली बजारमा श्री ईको भिजनरी प्रा. लि. ले किङ्ग लङ्गलाई भित्र्याएको हो ।

नेपालका लागि एक मात्र आधिकारीक विक्रेताको रुपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशक यता अनवरत रुपमा सक्रिय रहँदै आएको श्री ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु६५२०ईभी नेपाली बजारमा भित्र्याएको हो ।

१४ सिट क्षमताको यो माईक्रोबस हेर्दा जति आकर्षक छ, डिजाईन र फङ्गसनालिटीका द ृटिकोणले उत्तिकै बेजोड रहेको छ । अर्वन ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने देखिन्छ । १ सय किलोमिटर प्रतिधण्टाको उच्चतम र तार लिन सक्ने यो माईक्रो बसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ । एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने जनाएको ।

पर्यटक बस, स्कुल वस, कार्यालयका कर्मचारीहरुको सटलको रुपमा प्रयोग गर्न, विमानस्थल भित्र यात्रुको आवगमनमा प्रयोग गर्न होस् या सार्बजनिक यात्रुबाहक बसको रुपमा संचालन गर्नहोस् सबै अवस्थामा किङ्गविन पूर्ण उपयोगी छ । आजको इन्धन मूल्यमा साधारण १४ सिटे ग्यासोलिन इन्जिन भएको माईक्रोबसको प्रति किलोमिटर लागत २५ रुपैंया पर्ने अवस्थाको विपरीत यस विद्युतीय माईक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हाराहारीमा मात्र पर्न आउने तथ्य यहाँ भूल्नै हुँदैन । विद्युतीय सवारी साधनको प्रयोगले देशबाट इन्धन आयातका लागि वाहिरिने मूद्रा बचत गर्नुका साथै फोसिल युलको प्रयोगबाट हुने बायु प्रदुषण नियन्त्रणमा समेत प्रभावकारी भूमिका खेल्ने जनाएको छ ।

चिटिक्क परेको डिजाईन, लोडेड फिचरहरु, प्रतिस्पर्धी मूल्य, बलियो र टिकाउ, किफायती संचालन खर्च, प्रदुषण नियन्त्रणमा सहयोगी आदि विशेषताले सुसज्जित यो र यस्ता विद्युतीय माईक्रोबसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई नेपाली बजारमा भित्र्याईएको श्री ईको भिजनरी प्रा. लि. का अध्यक्ष उमेश श्रेष्ठले बताउनु भएको छ । श्री ईको भिजनरी सन् २००३ मा स्थापना भएको एसईभी ग्रुप अन्र्तगतको श्री ईको भिजनरीले विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा स्थापना काल देखी नै निरन्तर सक्रियता जनाउँदै आएको छ ।

यसले तिन चक्के सफा टेम्पो उत्पादन, नेपाली आवश्यकता अनुरुपको लिथियम आयन ब्याट्रि प्याकको डिजाईन, सार्बजनिक प्रयोगमा विद्युतीय सवारी साधनको लिट अपरेसन, चार्जिङ्ग स्टेसन संचालन, इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण लगायतका क्षेत्रमा देशकै अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । श्री ईको भिजनरी विद्युतीय सवारी साधनको आयात तथा विक्री वितरणमा समेत संलग्न रहँदै आएको छ

प्रतिक्रिया दिनुहोस्
MBL