Logo

प्रभु बैंक र फोकस वानबीच भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

प्रभु बैंक र फोकस वानबीच भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता



काठमाडौं । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सका बीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेट मार्फत् विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमाका बीच बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स्को तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL