Logo

एसजी ग्रुपले सवारी एसेम्बल प्लान्ट खोल्दै, ३ अर्ब लगानीमा बार्षिक १६ हजार बढी थान सवारी एसेम्बल गर्ने

एसजी ग्रुपले सवारी एसेम्बल प्लान्ट खोल्दै, ३ अर्ब लगानीमा बार्षिक १६ हजार बढी थान सवारी एसेम्बल गर्ने



काठमाडौं । एसजी ग्रुपले अब नेपालमै विद्युतीय तथा ईन्जीन गाडी एसेम्बल गर्ने भएको छ । १ दर्जन बढी क्षेत्रमा लगानी गरिसकेको ग्रुपले अब नेपालमै सवारीसाधन एसेम्बल प्लान्ट स्थापना गर्ने भएको हो ।

laxmi

ग्रुपका अध्यक्ष शिव घिमिरेले बाराको जितपुर सिमरा ११ मा रहेको आफ्नै ३२ विघा जग्गामा उक्त प्लान्ट स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार उद्योग विभागमा दर्ता भईसकेको एसजी अटोक्राफ्ट कम्पनीमार्फत विद्युतीय र ईन्जिन गाडीहरु उत्पादन हुनेछन् । ग्रुपले उद्योग विभागले एसजी अटोक्राफ्टको नामबाट उक्त परियोजना दर्ता गरिसकेको छ ।

बार्षिक १६ हजार थान सवारी उत्पादन गर्ने

विभागमा गत १७ गते दर्ता भएको एसजी अटोक्राफ्टले बार्षिक १६ हजार ५ सय ५० सवारीसाधन उत्पादन गर्ने जानकारी दिएको छ । जसमध्ये सबैभन्दा बढी १० हजार ५ सय थान आइसीई मोटरसाईकल र स्कुटर उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यस्तै एक बर्षमा उक्त उद्योगको प्लान्टमार्फत बार्षिक २१ सय थान विद्युतीय मोटरसाईकल र स्कुटर, ६ सय थान विद्युतीय कार, एसयुभी र १२ सय थान तिन पांग्रे विद्युतीय सवारीसाधन एसेम्बल गर्नेछ ।

यस्तै कम्पनीले १० हजार ५ सय थान आइसीई मोटरसाईकल र स्कुटर, १५ सय थान ३ पांग्रे, ६ सय थान कार, भ्यान, जीप र ७ सय ५० थान ६ पांग्रे सवारीसाधन एसेम्बल गर्नेछ । यससँगै उद्योगले बार्षिक ४ सय ३१ जना कामदारलाई रोजगारी दिने प्रतिवद्धता विभागमा जाहेर गरिसकेको छ ।

३ अर्ब लगानीसहित २५ सय केभिए विद्युत खपत गर्ने

एसजी ग्रुपले उक्त प्लान्ट स्थापना र संचालनका लागि कुल ३ अर्ब रुपैयाँ पुँजी लाग्ने बताएको छ । यस्तै परियोजनाको स्थिर पुँजी १ अर्ब ९० करोड र चालु पुँजी १ अर्ब १० करोड रुपैयाँ बताईएको छ । परियोजनाले बार्षिक २५ सय केभिए विजुली खपत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

एसजी ग्रुप यसअघि ग्याँस उद्योग र पेट्रोल पम्प संचालकको परिचयले प्रख्यात थियो । तर, ग्रुपले अक्सिजन प्लान्ट, ग्याँस ढुवानी गर्ने बुलेट, पेट्रोल पम्प, कृषि, बैंक तथा वित्तीय संस्था, मिडिया, हस्पीटालिटी, निर्माण तथा विद्यालयलगायत दर्जन बढी क्षेत्रमा लगानी गरेको छ । ग्रुपले तारो र मोटरहेड ब्राण्डका २ पांग्रे सवारीसाधन विक्रीवितरण पनि गर्दै आईरहेको छ ।
ग्रुपले ४१ मेगावाट क्षमताको संखुवा नदी जलविद्युत आयोजना, ३८ मेगावाटको शनीगाड जलविद्युत आयोजनालगायतका जलविद्युत परियोजनाहरु अघि बढाईरहेको छ । यस्तै एभरेस्ट ग्यास पनि एसजी ग्रुपले नै विक्री वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL