Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, कारोबार रकममा पनि गिरावट

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, कारोबार रकममा पनि गिरावट



काठमाडौं । बुधबार अर्थमन्त्रीको आश्वासनलाई देखाउँदै बढाईएको नेप्सेको उकालो यात्रा एक दिन पनि टिक्न पाएन । बुधबार उच्च अंकले बढेको सेयर बजारमा बिहीबार १७.५८ अंकको गिरावट आएको छ । आज परिसुचक दोहोरो अंकले घटेसँगै नेप्से विन्दु २०६२ मा पुगेर रोकिएको छ ।

laxmi

दिनभर २ सय २९ कम्पनीको ४१ लाख ५६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार रुपैयाँमा सिमित भएको छ ।

आज बजारमा कारोबार भएका सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने निर्जीवन बीमा र विकास बैंक समुहको परिसुचकमा देखिन्छ । आज निर्जीवन बीमा समुहको परिसुचक ७८ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ७२ अंकले ओरालो लागेको छ ।

यस्तै आज उत्पादनमुलक, जलविद्युत, होटल तथा पर्यटन र वित्त समुहको परिसुचकमा क्रमशः ४९, ४०, ३९ र ३६ अंकको गिरावट देख्न सकिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ५ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL