Logo

माग बढेपछि एनआईसी एसिया फ्लेक्सी क्यापको आकार बढ्यो, १ अर्ब २५ करोडसम्म खरिद गर्न सकिने

माग बढेपछि एनआईसी एसिया फ्लेक्सी क्यापको आकार बढ्यो, १ अर्ब २५ करोडसम्म खरिद गर्न सकिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘फ्लेक्सी क्याप फण्ड’को आकार बढाएको छ । कम्पनीले सुरुमा १ अर्बको उक्त फण्ड जारी गरेकोमा माग बढेपछि बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो ।

laxmi

एनआईसी एसिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई जारी गरेको थियो । यहिँ जेठ १९ गतेदेखि जारी गरेको उक्त फण्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने थियो । तर उक्त फण्ड खरिदका लागि सबैसाधारणबाट उच्च माग आएपछि आवेदन दिने समयका साथै फण्डको आकार समेत बढाएको हो । जस अनुसार अब जेठ २५ गतेसम्म १ अर्ब २५ करोड रुपैयाँसम्मको इकाई खरिदका लागि आवेदन दिन सकिने छ । कम्पनीका अनुसार उक्त फण्डमा जेठ २४ गतेसम्म १ अर्व ६ करोड रुपैयाँ बराबरको इकाई खरिदका लािग आवेदन पसिकेको छ ।

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL