Logo

थप ५ कम्पनीले पाए बुक बिल्डिङमा भाग लिने स्वीकृति, यी हुन् कम्पनीहरु

थप ५ कम्पनीले पाए बुक बिल्डिङमा भाग लिने स्वीकृति, यी हुन् कम्पनीहरु



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) का रूपमा काम गर्न स्वीकृति दिएको छ । बोर्डले सिभिल बैंक, आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड १ र एनआइबीएल समृद्धि फन्ड २ लाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएको हो ।

laxmi

यससँगै क्युआइआइका रुपमा काम गर्न पाउने योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ । अब उक्त ९८ कम्पनीले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयरको निष्कासनका क्रममा मूल्य निर्धारण प्रक्रियामा माग लिन पाउनेछन् ।

[googleapps domain=”drive” dir=”file/d/1Jltcv19m086lZx6ByaveX5_ot1I_bwHh/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL