Logo

२१ सय १२ को विन्दुमा नेप्से, १८ अंकले ओरालो लाग्दा कारोबार रकम १ अर्ब १६ करोड

२१ सय १२ को विन्दुमा नेप्से, १८ अंकले ओरालो लाग्दा कारोबार रकम १ अर्ब १६ करोड



काठमाडौं । बिहीबार पनि सेयर बजारको ओरालो यात्रा रोकिएन । पछिल्लो समय लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि १८.२६ अंकले घटेको छ । बजार लगातार घट्दा नेप्से २१ सय १२ को विन्दुमा आईपुगेको छ ।
आज दिनभर भएको कारोबारमा २ सय २७ कम्पनीका ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

laxmi

आज म्युचुअल फण्ड समुहको परिसुचकमा झिनो सुधार आउँदा अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज ओरालो लाग्नेमा सबैभन्दा बढी गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १४६ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १३८ अंकले घटेको छ ।

यस्तै आज व्यापार, उत्पादनमुलक र लघुवित्त समुहको परिसुचक क्रमशः ४६, ४१ र ३९ अंकले ओरालो लाग्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ११ अंकले ओरालो लागेको छ । यस्तै आज जलविद्युत समुहको परिसुचक १३ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा १९ अंकको गिरावट आएको छ ।
आज बलेफी हाइड्रोपावरको सेयरमूल्य करिव १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL