Logo

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण



काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष समारोहबीच उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

सिंह २०८२ असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाबाट पुनः संचालक समितिको अध्यक्षमा चयन भएकी हुन्। सो अवसरमा बीमा प्राधिकरणका अध्यक्ष ओझाले सिंहको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

शपथ कार्यक्रमपछि अध्यक्ष सिंहले बीमा प्राधिकरणप्रति आभार प्रकट गर्दै, आफ्नो नेतृत्वमा कम्पनीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएकी छन्।

उक्त कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्