Logo

चौधरी ग्रुपले माइडीया ब्राण्डका सामग्री बेच्ने, बन्यो आधिकारिक वितरक

चौधरी ग्रुपले माइडीया ब्राण्डका सामग्री बेच्ने, बन्यो आधिकारिक वितरक



काठमाडौं । चौधरी ग्रुप (सीजी) ले इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडीया’का सामग्री आधिकारिक रुपमा विक्री वितरण सुरु गरेको छ । ग्रुपले काठमाडौंको गैरीधारामा रहेको आफ्नो आउटलेटमार्फत माइडीया कम्पनीका सामग्री विक्री वितरण सुरु गरेको हो । यससँगै चौधरी ग्रुप माइडीया ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता बनेको छ ।

laxmi

चौधरी ग्रुपले माइडीया ब्राण्डका साना घरेलु उपकरणहरु एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकरलगायत अन्य साना घरेलु उपकरणहरु विक्री वितरण गर्दै आईरहेको छ । अब सीजी ग्रुपले माइडीया ब्राण्डका बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभनलगायत किचेन उपकरणहरु नेपाली बजारमा ल्याउने तयारी गरिएको बताएको छ ।

‘यस समारोहमा तपाईहरु माझ सहभागी हुन पाउँदा हामी धेरै खुसी छौ र नेपाली उपभोक्ताहरुलाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट सेवाहरु प्रदान गर्न हामी सँगसँगै उभिन पाउँदा खुसि छौ,’ माइडिया एपीएसी क्षेत्रका दक्षिण एशिया व्यापार कार्यालयका कार्यालय प्रमुख एको झाङले भने ।

माइडीया ब्राण्डले एयर ट्रिटमेन्ट,रेफ्रिजेरेसन, वासिंग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्सााका उपकरणहरु, पानीका उपकरणहरु, भूई सम्बन्धि हेरचाह र लाईटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा उत्पादनहरु प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।।

प्रतिक्रिया दिनुहोस्
MBL