Logo

सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको सेयर बजारमा यो साताको पहिलो दिन आईतबार भने उच्च अंकको वृद्धि देखिएको छ । बिहानैदेखी सुधारको संकेत दिएको बजारमा कारोबारको अन्तिम समयमा ९५.५२ अंकले सुचक उकालो लागेको हो ।

laxmi

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज बजारमा भएका सबै समुहका परिसुचकमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी वृद्धि बीमा समुहको परिसुचकमा देखिन्छ ।

आईतबार निर्जीवन बीमा समुहको परिसुचक ४३४ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचकमा ४२३ अंकको वृद्धि देखिन्छ । यस्तै आज विकास बैंक समुहको परिसुचक २६२ अंकले बढ्दा जलविद्युत समुहको परिसुचकमा १८९ अंकको वृद्धि देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज ४२ अंकको वृद्धि देखिँदा वित्त र लघुवित्त समुहको परिसुचक क्रमशः १४३, १७९ अंकले बढेका छन् ।

आज बजारमा कारोबार भएका मध्ये ३६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ । आज दिनभर २ सय ३८ कम्पनीका ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकममा पनि सुधार आउँदै २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL