Logo

सेयर बजार दोहोरो अंकले घट्यो, पहिलो पटक बोनस सेयर दिएको टेलिकममा उच्च गिरावट

सेयर बजार दोहोरो अंकले घट्यो, पहिलो पटक बोनस सेयर दिएको टेलिकममा उच्च गिरावट



काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । आज बिहानैदेखि घटबढ भईरहेको सेयरबजार अन्त्यमा १७ दशमलव १५ अंकले घट्दा कारोबार विन्दु २६ सय ५० मा पुगेको हो ।

laxmi

आज बीमा, होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेकका सबै समुहहरु ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी गिरावट उत्पादनमुलक समुहको परिसुचकमा देखिन्छ । आज यो समुहको परिसुचक १०४ अंकले घट्दा लघुवित्त समुहको परिसुचक ३९ अंकले ओरालो लागेको छ ।

यस्तै आज जलविद्युत, अतिरिक्त र व्यापार समुहको परिसुचक क्रमशः ४५, ३५ र २७ अंकले घट्दा बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा ११ अंकको गिरावट आएको छ । आज वित्त समुहको परिसुचक ११ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा १२ अंकको गिरावट आएको छ ।

आज बजारमा २ सय २९ कम्पनीका ६५ लाख २९ हजार २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँ पुगेको छ । आजै पहिलोपटक बोनस सेयर बाँडेको नेपाल टेलिकमको सेयरमूल्यमा ८८ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL