Logo

नेविकोका ४ नयाँ उत्पादन सार्वजनिक, यस्तो छ बजारमूल्य

नेविकोका ४ नयाँ उत्पादन सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेविकोले नेपालमा थप ४ नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बिस्कुटमा डी–५० डाईजेस्टीभ, कुकिजमा नाईस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले आफ्ना उत्पादन आकर्षक देखाउन प्याकेजीङमा विशेष ध्यान दिने गरेको छ । यस्तै उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै गुणस्तरमा पनि कम्प्रमाईज नगर्ने जानकारी दिएको छ ।

सोमबार सार्वजनिक गरेका उत्पादनहरुमध्ये डी ५० बिस्कुटको मूल्य ५० रुपैयाँ तोकेको छ । यस्तै नाईस मिल्क कुकिज भने दूधको स्वादमा रहेको छ जसको मूल्य पनि ५० रुपैयाँ नै तोकिएको छ । साथै कुरुम कुरुम चिउराको मूल्य ९५ र पिनट्सको मूल्य २० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL