Logo

अधिकांश उपसमुह घट्दा नेप्सेमा सामान्य गिरावट, कारोबार साढे २ अर्बमै सिमित

अधिकांश उपसमुह घट्दा नेप्सेमा सामान्य गिरावट, कारोबार साढे २ अर्बमै सिमित



काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ दशमलव ६६ अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टा केही उकालो लागेपनि त्यसपछि घटेको बजार २५ सय ४३ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

बजारमा कारोबार भएका १३ समुहमध्ये बैंकिङ, विकास बैंक, अतिरिक्त र होटल समुहका बाहेक सबै समुहको परिसुचक ओरालो लागेको छ ।
आज बैंकिङ समुहको परिसुचक ३ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक ५३ अंकले वृद्धि भएको छ ।

यस्तै आज अतिरिक्त समुहको परिसुचक भने १९ अंकले बढेको छ । यता होटल तथा पर्यटन समुहको परिसुचक आज १ अंकले बढेको देखिन्छ ।

आज घट्ने समुहमध्ये सबैभन्दा धेरै गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १६६ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचक भने २२ अंकले घटेको छ आईतबार दिनभर २ सय ३० कम्पनीका ५१ लाख ३९ हजार २ सय ३९ किक्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL