Logo

समृद्धि फण्डको सेयर र ऋणपत्र अक्सनबाट विक्री गरिँदै, माघ २० गतेसम्म आवेदन दिन आह्वान

समृद्धि फण्डको सेयर र ऋणपत्र अक्सनबाट विक्री गरिँदै, माघ २० गतेसम्म आवेदन दिन आह्वान



काठमाडौं । एनआइबीएल एस क्यापिटलले आफुसँग भएको समृद्धि फण्डको सेयर र ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ र ऋणपत्रको न्युनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकेर लिलामी बढाबढमा बेच्न लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआइबीएलएस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजीटरी रहेको एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना एनआइबीएल समृद्धि फण्ड पुष २२ गते परिपक्व भएको थियो ।

हाल उक्त योजना खारेज गर्नुपर्ने भएकाले फण्डको स्वामित्वमा रहेको साधारण सेयर र ऋणपत्रहरु बोलकबोलमा विक्री गर्न लागिएको हो । यसका लागि ईच्छुकले माघ १३ गतेदेखि माघ २० गतेसम्म एनआइबीएल एस क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL