Logo

मंगलवार पनि नेप्से ओरालो लाग्यो, तीन दिनमा १७ अंकले घट्यो

मंगलवार पनि नेप्से ओरालो लाग्यो, तीन दिनमा १७ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमाडौं । साताको तेस्रो दिन पनि लगातार नेप्से परिसुचक ओरालो लागेको छ । मंगलबार पनि बजार खुलेदखि नै ओरालो लागेको नप्से ५ दशमलव २ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक ८ सय ५१ बिन्दुबाट घटेर ८ सय ४६ दशमलव ४१ विन्दुमा आइपुगेको छ ।

तीन दिनमा नेप्से परिसुचक १६ दशमलव ७२ अंकले घटेको छ । आइतबार ६ दशमलव २५ अंकले घटेको नेप्से परिसुचक सोमबार पनि ५ दशमलव ४५ अंकले घटेको थियो । अर्थमन्त्री डा. रामशरण महतले बजार घट्ने कुनै कारण नभएको बताउँदै आएपनि नेप्से परिसुचक भने लगातार ओरालो लाग्दै गएको छ ।

मंगलवार बजारमा सवैभन्दा बढी जविद्युत् समुहको परिसुचक १९ दशमलव ६३ अंकले घटेको छ । यसैगरी बीमा समुह ९ दशमलव ५१ अंकले घटेको छ भने बैंकिङ समुह ६ दशमलव ८६ अंकले घटेको छ । मंगलवार बजारमा होटल र उत्पादन मुलक समुहको परिसुचक भने १० अंक भन्दा माथी बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL