Logo

लगातार ३ दिन ओरालो लागेको बजार ५७ अंकले बढ्यो, कारोबार सवा २ अर्बमै सिमित

लगातार ३ दिन ओरालो लागेको बजार ५७ अंकले बढ्यो, कारोबार सवा २ अर्बमै सिमित



काठमाडौं । लामो समयपछि मंगलबार बजार बढेर सर्किट लागेपछि लगातार गिरावट आएको बजार पुनः मंगलबारनै बढ्न पुगेको छ । गत हप्ताको मंगलबार पछि लगातार ३ दिनको घटाईपछि नेप्से परिसुचक यो हप्ताको मंगलबार ५६.७३ प्रतिशतले उकालो लागेको हो ।

laxmi

दोहोरो अंकले बढेको बजारमा मंगलबार सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी अतिरिक्त समुहको परिसुचक ३.८८ प्रतिशतले उकालो लागेको छ भने जलविद्युतक समुहको परिसुचक पनि ३.६३ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक २ प्रतिशतले बढ्दा विकास बैंक समुह ३.४१ प्रतिशतले उकालो लागेको छ भने उत्पादनमुलक समुहको परिसुचक पनि करिव ३ प्रतिशतले बढ्न पुगेको छ ।

मंगलबार बजारमा ग्रीन डेभलभमेन्ट बैंकको सेयर मुल्य बढेर सर्किट हानेको छ भने जानकी फाइनान्स र रसुवागढी हाईड्रो पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

बजारमा नेप्से परिसुचक उच्च अंकले बढेपनि कारोबार रकम भने बढ्न सकेन । परिसुचक उच्च अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ३८ करोड रुपैयाँमै सिमित भएको छ । जसमा २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL