Logo

महिन्द्राले ल्यायो विश्वमै पहिलो इण्टरनेट स्कुटर, ट्राफिक र मौसमको जानकारी डिस्प्लेमै

महिन्द्राले ल्यायो विश्वमै पहिलो इण्टरनेट स्कुटर, ट्राफिक र मौसमको जानकारी डिस्प्लेमै


बिजखबर संवाददाता
27
Shares

भारतीय अटो निर्माता कम्पनी महिन्द्राले विश्वमै पहिलो पटक इण्टरनेट जडित स्कुटर सार्वजनिक गरेको छ । अमेरिकामा जारी इलेक्ट्रोनिक्स प्रदर्शनीका क्रममा महिन्द्राले आफ्नो नयाँ सृजना बजारमा ल्याएको हो । जेन्जेन २.० मोडलको यो स्कुटर हाललाई भने अमेरिकामा मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ । अमेरिकाको टेलिकम कम्पनी एटी एण्ड टी सँगको सहकार्यमा महिन्द्राले स्कुटरमै इण्टरनेटको पहुँच पुर्याएको हो ।

सोहि इण्टरनेटका आधारमा प्रयोगकर्ताले ट्राफिकको अवस्था, मौसम लगायत विभिन्न जानकारी आफ्नो स्मार्टफोनको डिस्प्लेमा प्राप्त गर्न सक्नेछन् । १ सय ५ किलो तौलको यो स्कुटर प्रतिघण्टा ५० किलोमिटर कुद्न सक्छ । अमेरिकी बजारमा यसको मुल्य ३ हजार डलर तोकिएको छ ।

genze-2-0-phones-

यो स्कुटरमा धेरै भारी सामान बोक्न पनि सकिनेछ । कम्पनीले यसलाई वातावरणीय हिसाबले पनि निकै राम्रो सृजना भनेर प्रभार गरिरहेको छ । प्रदुषण बढीरहेका सहरमा यसको प्रयोग लाभदायी हुने कम्पनीको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL