Logo

बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च वृद्धि



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।

laxmi

महासंघले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको सुनको मूल्य बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यता चाँदीको मूल्यसमेत आज प्रतितोला २० रुपैयाँले उकालो लागेको छ ।

सोमबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारबार भईरहेको चाँदीको मूल्य मंगलबार बढ्दा प्रतितोल १२ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL