Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँले कारोबार भएको थियो । नेपाली बजारमा शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भईरहेको छ ।

laxmi

दशैंपछि लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार भने कुनै घटबढ देखिएन ।

यस्तै चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य शुक्रबार घट्दा प्रतितोला १२ सय ५० रुपैयाँ पुगेको हो ।

तिहार नजिकिँदै गर्दा चाँदीको मूल्यमा पनि सुनको जस्तै उकालो लाग्ने क्रम जारी थियो । तर, शुक्रबार भने चाँदीको मुल्य ओरालो लागेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL