Logo

ब्याजदरको प्रेसर नेप्सेमा, ६९ अंकले घट्दा २ अर्ब ९६ करोडको कारोबार

ब्याजदरको प्रेसर नेप्सेमा, ६९ अंकले घट्दा २ अर्ब ९६ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६९ अंकले ओरालो लागेको छ । आईतबार उकालो लागेको बजारमा सोमबार भने व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ६९ दशमलव ५१ अंकले घटेको हो ।

laxmi

पछिल्लो समय बैंकहरुले लगातार निक्षेपको ब्याजदर बढाईरहँदा यसको प्रेसर नेप्से परिसुचकमा देखिएको हो । बजारमा तरलता अभाव भएको भन्दै बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतसम्म पुर्याएका छन् ।

जसका कारण सोमबार नेप्से परिसुचक घटेर २ हजार ५ सय ८७ दशमलव ४५ को विन्दुमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

परिसुचकमा आएको गिरावटसँगै नेप्सेको कारोबार रकममा पनि गिरावट आएको देख्न सकिन्छ । जसअनुरुप आज दिनभर २ सय १८ कम्पनीको ४० हजार ४ सय १ कारोबारमा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम जम्मा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा सिमित भएको थियो ।

आज बजारमा कारोबार भएका समुहमध्ये व्यापार समुहको परिसुचकबाहेक अन्य समुहका परिसुचकहरु ओरालो लागेका छन् । जसअन्तर्गत सबैभन्दा बढि अंकको गिरावट भने निर्जिबन बीमा समुह र जिबन बीमा समुहको परिसुचकमा देखिन्छ । यस्तै आज व्यापार समुहको परिसुचक भने १८ अंकले उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL