Logo

एनसीएचएलले बढायो कारोबार समय, कनेक्ट आईपीएसको प्रणालीमा अब दिउसो ३ बजेसम्म कारोबार हुने

एनसीएचएलले बढायो कारोबार समय, कनेक्ट आईपीएसको प्रणालीमा अब दिउसो ३ बजेसम्म कारोबार हुने



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट संचालित अन्तरबैंक भुक्तानीको समयसिमा बढेको छ । पछिल्लो समय अनलाइन भुक्तानीको उपयोगिता बढेको भन्दै कम्पनीले आईपीएस प्रणालीमा बिहान ९ बजेदेखि बेलुका ३ बजेसम्म भुक्तानी भएका आदेशहरु सोही दिन फ्रछ्यौट हुने व्यवस्था मिलाएको हो ।

laxmi

यो सुविधा आईतबारदेखि बिहीबारसम्म लागु हुनेछ । हालसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भुक्तानी भएका आदेशहरुमात्रै सोही दिन फर्छ्यौट हुने व्यवस्था थियो । कम्पनीले सोमबारदेखि नै लागु हुनेगरी टी प्लस जिरोको व्यवस्था गरेको हो ।

यस्तै नयाँ तालिकाबाहेकका भुक्तानी अर्थात ३ बजेपछि आएका भुक्तानी आदेशहरु भन अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने कम्पनीले जानकारी दिएको छ । त्यसै गरी दिनको ३स्३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । शुक्रबारको दिन १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको एनसीएचएलले जानकारी दिएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै एनसीएचएल आईपीएसमा बृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ । एनसीएचएल आईपीएसमार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्ब रुपैयाँसम्म गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL