Logo

‘भर्मोरा’ ब्राण्डको नयाँ सोरुम काठमाडौंको बसुन्धरामा, महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गरे उद्घाटन

‘भर्मोरा’ ब्राण्डको नयाँ सोरुम काठमाडौंको बसुन्धरामा, महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गरे उद्घाटन



काठमाडौं । भर्मोरा ब्राण्डका नयाँ सोरुम काठमाडौंको बसुन्धरामा संचालनमा आएको छ । भर्मोराको नेपालको लागि आधिकारीक बिक्रेता स्टार ग्रूपले काठमाडौंको बसुन्धरामा उक्त सोरुम संचालनमा ल्याएको हो । उक्त सोरुमको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् ।

उपभोक्तालाई एकै स्थानबाट घर फिनिसिङका लागि आवश्यक टायल, मार्वल, ग्रीनाईट तथा स्यानेटरी वस्तुहरु उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त सोरुम संचालनमा ल्याइएको स्टार ग्रूपका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । साथै उक्त सोरुमबाट धारालगायत किचेनका लागि आवश्यक सामग्री, म्याट्रेस, टफन ग्लासलगायतका सामग्रीहरु उपलब्ध हुने छ । साथै स्टार ग्रूपले यसअघि २ नम्बर प्रदेशको विरगञ्ज र कर्णाली प्रदेशको धनगढीलगायतका स्थानमा समेत भर्मोराको सोरुम संचालनमा ल्याइसकेको छ ।

यसैगरी नेपालमै पहिलो पटक भर्मोराको ठूलो र स्क्लुसिभ सोरुम संचालनमा ल्याइएको भर्मोरा इण्डियाको भाईस प्रसिडेण्ट दिलिप चण्दावनीले जानकारी दिए । ‘नेपालमा हामीले यस अघि पनि धेरै सोरुमहरु संचालनमा ल्याएका छौं,’ उनले भने, ‘तर यतिको स्क्लुसिभ डिजाईन र ठूलो एरिया भएको चाहि पहिलो सोरुम हो ।’ साथै उक्त सोरुमबाट उपभोक्ताले एउटा घर फिनिसिङका लागि आवश्यक सम्पूर्ण सामग्री एकै स्थानबाट पाउने समेत उनको दावी थियो ।

स्टार ग्रूपले १० करोड रुपैयाँभन्दा बढिको लगानीमा उक्त सोरुम संचालनमा ल्याएको जानकारी दिएको छ । उक्त सोरुमको डेकोरेसनमै २ करोड रुपैयाँभन्दा बढि खर्च गरिएको जानकारी दिएको छ । साथै भर्मोराले ग्राहकलाई फ्रि डेलिभरी समेत दिने भएको छ उक्त सामान खरिदमा स्पाम्पियन वाईन समेत उपलब्ध गराउने गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL