Logo

७१ अंकले उकालो लाग्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

७१ अंकले उकालो लाग्यो सेयर बजार, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७१ अंकले उकालो लागेको छ । गत हप्ता तिव्र उत्तारचढावमा रहेको बजार यो साताको पहिलो दिन भने हरियालीसहित उकालो लागेको हो ।

laxmi

नेप्सेका अनुसार आज बजार ७१ दशमलव ४३ अंकले उकालो लाग्दा कारोबार रकम पनि ९ अर्ब ४४ करोड नाघेको छ । बढेको बजारमा २ सय ३१ कम्पनीका १ करोड ७१ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ४४ करोड ३ लाख ५ हजार रुपैयाँ पुगेको हो ।

बजारमा कारोबार भएका कम्पनीमध्ये आज १७१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १२ कम्पनीको मूल्य भने घटेको थियो । यस्तै २ कम्पनीको सेयरमूल्य भने घटबढ नभएको देखिन्छ ।

आज बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक उकालो लागेको छ । जिबन बीमा समुहको परिसुचक आज २ सय ९७ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचक भने ४२४ अंकले उकालो लागेको हो ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आज २४ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक भने २७३ अंकले उकालो लागेको हो । आज बजारमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढिले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL