Logo

मौद्रिक नीतिमा मार्जिन लेण्डिङको १ वर्षको समयसीमा, अहिलेनै सीमाभित्र ल्याउन राष्ट्र बैंकको आन्तरिक निर्देशन

मौद्रिक नीतिमा मार्जिन लेण्डिङको १ वर्षको समयसीमा, अहिलेनै सीमाभित्र ल्याउन राष्ट्र बैंकको आन्तरिक निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितो कर्जा ९मार्जिन लेण्डिङ० लाई अहिलेनै सीमा भित्र ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति र त्यसपछि आएको एकिकृत निर्देशनमार्फत मार्जिन प्रकृतिका कर्जालाई १ बर्षभित्र सिङ्गल अब्लिगर लिमिट अन्तरगत एक बैंकबाट ४ करोड र अघिकतम १२ करो रपैयाँ मात्र लिन सक्ने व्यवस्था गरेको थियो ।

laxmi

नेपाल राष्ट्र बैंक एकिकृत निर्देशन अनुरुप सिङ्ग अब्लिगर लिमिट अन्तरगत एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहले एक बैंकबाट ४ करोड र सबैबाट गरेर बढिमा १२ करोड रुपैयाँ मार्जिक प्रकिृतिको कर्जा लिन पाउने र यसअघि उक्त सीमाभन्दा बढि लिएको भए १ बर्षभित्र घटाउन निर्देशन दिएको थियो । तर राष्ट्र बैंकले अहिले नै बैंक तथा वित्तीय संस्थालाई आन्तरिक रुपमा सर्कुलर गर्दै यदि कुनै व्यक्तिले मार्जिन प्रकृतिको कर्जाको सीमा भन्दा बढि लिमिट लिएर बसेको खण्डमा अबका दिनमा थप कर्जा प्रबाह नगर्न निर्देशन दिएको हो ।

उदाहरणका लागि कुनै व्यक्तिले यस अघि एक बैंकबाट मार्जिन कर्जा अन्तरगत १० करोड रुपैयाँ सबैबाट गरेर एकाघर परिवार अन्तरगत ५० करोड रुपैयाँको लिमिट लिएर एक बैंकबाट ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा चलाईसकेको छ भने अबका दिनमा आफ्नो लिमिट अन्तरगतको कर्जा समेत चलाउन पाईने छैन । ‘यदि कसैले सीमा भन्दा बढि लिमिट लिएर बसेको छ तर त्यस्तो कर्जा परिचालन गरेका छैनन् भने राष्ट्र बैंकबाट थप कर्जा नदिनु भन्ने मौखिक रुपमा सर्कुलर आएको छ,’ एक बैंकरले भने, ‘हामीले राष्ट्र बैंकको निर्देशनलाई पालना गर्ने हो सोही अनुरुप मार्जिन लेण्डिङ अन्तरगत राष्ट्र बैंकले तोकेको लिमिटभन्दा बढी कर्जा प्रबाह गर्दैनौं ।’

विशेषगरी लगानीकर्ताले एउटा कम्पनीको सेयर धितोमा राखेर अर्को कम्पनीको सेयर खरिद गरी पुनः सेयर फुकुवा गर्दै विक्री गर्दै आएका छन् । यदि कुनै व्यक्तिले यघि मार्जिन प्रकृतिको कर्जा अन्तरगत ५० करोड कर्जा लिएको छ र उसले तत्कालै उक्त सेयर फुकुवा गरेर अन्य कम्पनीको सेयर धितो राखेर कर्जा लिन चाहेको खण्डमा एक बैंकबाट ४ करोड र समग्रमा १२ करोड रुपैयाँमा भन्दा बढि कर्जा पाउनेछैन ।

प्रतिक्रिया दिनुहोस्
MBL