Logo

थेगिएन सेयर बजारको गिरावट, नेप्से परिसुचक ४९ अंकले ओरालो लाग्दा १५७ कम्पनीको मूल्य घट्यो

थेगिएन सेयर बजारको गिरावट, नेप्से परिसुचक ४९ अंकले ओरालो लाग्दा १५७ कम्पनीको मूल्य घट्यो



काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । गत हप्ता लगातार गिरावट आएर अन्तिम दिन अर्थात बिहीबार बजार केही धानिएसँगै लगानीकर्ताले यो हप्ताबाट बढ्ने आँकलन गरेका थिए । तर आईतबार बजार खुलेदेखिनै ओरालो यात्रा तय गरेको बजार अन्तिममा ४८ अंकले घटेको छ ।

laxmi

बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको देखिन्छ । नेप्सेका अनुसार आज जिवन बीमा समुहको परिसुचक ३०४ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचकमा २५३ अंकको गिरावट आएको छ ।

यस्तै आज बजारमा सबैभन्दा बढि प्रभुत्व भएको बैंकिङ समुुहको परिसुचकमा समेत ३० अंकको गिरावट आएको छ । आज बीमा पछि सबैभन्दा धेरै अंकले ओरालो लाग्ने समुहको सूचीमा लघुवित्त, जलविद्युत, व्यापार तथा उत्पादनमुलक समुह रहेका छन् । यी समुहको परिसुचक आईतबार क्रमशः ११५, ८९, ६२ र ३८ अंकले ओरालो लागेका हुन् । बिहानै देखि ओरालो लागेको बजारमा दिनभर २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब ६५ करोड १२ लाख ६५ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।

आज बजारमा कारोबार भएका मध्ये २८ कम्पनीको सेयर उकालो लाग्दा १ सय ५७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै १ कम्पनीको सेयरमुल्य भने घटबढ भएन ।

प्रतिक्रिया दिनुहोस्
MBL