Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९१ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ पुगेको छ ।

laxmi

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दा प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL