Logo

लगानीकर्तालाई आश देखाउँदै स्लो गतिमा नेप्सेको गिरावट, नक्कली खरिदकर्ता देखाएर सेयर बिक्री गर्दै चलाख लगानीकर्ता

लगानीकर्तालाई आश देखाउँदै स्लो गतिमा नेप्सेको गिरावट, नक्कली खरिदकर्ता देखाएर सेयर बिक्री गर्दै चलाख लगानीकर्ता



काठमाडौं । पछिल्लो समय दैनिक रुपमा सामान्य गतिमा घटेको नेप्सेले लगानीकर्तालाई थप पेनिक बनाएको छ । बजार सामान्य गतिमा घटेर बढ्ने आशामा बसेका लगानीकर्तालाई दैनिक रुपमा घट्दा थप दबाब सिर्जना गरिदिएको छ ।

‘बजार एकैपटक ठूलो अंकमा घट्दा लगानीकर्ताले आत्तिएर बजारबाट निस्कन्थे वा त्यसलगत्तै पुनः बजारले गति लिन्थ्यो,’ एक लगानीकर्ताले भने, ‘तर अहिले बजार सामान्य अंकमा घट्दा लगानीकर्ता केही दिनमा बढ्ने आशामा बसेका छन् तर त्यसरी दैनिक रुपमा घटिरहँदा लगानीकर्ताले थाहै नपाई ठूलो घाटा व्यहोर्न बाध्य भएका छन् बजारबाट बाहिरिन पनि सकेका छैनन् ।’

केही दिनयता घट्दो बजारमा पनि सेयर बिक्रीकर्ता भन्दा पनि खरिदकर्ताको चाप देखिएको छ । बजारमा सेयर खरिदकर्ताको चाप हुँदा पनि बजार घटिरहनु चलाख लगानीकर्ताको खेल सुरु भएको समेत एक लगानीकर्ताले जानकारी दिए । ‘पहिला खरिदचाप देखाएर बजार बढाउथे तर अहिलेको घट्दो ट्रेण्डमा एउटै लगानीकर्ताले एकातिर खरिदकर्ताको चाप देखाएर अर्को पट्टिबाट तीनै लगानीकर्ताले अर्कोतर्फबाट सेयर बिक्री गर्दै आएका छन् ।’

बजारमा बुधबार पनि दिनभर जस्तै बजारमा सेयर खरिदचाप देखिएको थियो । तर खरिदचाप उच्च भएपनि दैनिकजसो बजारमा गिरावट आइरहेको छ । जसले गर्दा सामान्य गिरावट पछि बजार घट्ने आशामा बस्ने लगानीकर्ता थप दबाबमा पर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । बजार बजार खुलेदेखि नै सामान्य रुपमा घटिरहेको बजार १७ अंकको गिरावट आएको छ ।

पछिल्लो समय सामान्य रुपमा घटिरहेको बजारमा दैनिक रुपमा कारोबार रकममा गिरावट आईरहेको छ । बढ्दो बजारमा दैनिक जसो १८÷१९ अर्ब रुपैयाँको कारोबार भईरहेको बजार अहिले खुम्चिएर ५ अर्ब रुपैयाँभन्दा तल झरेको छ । राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्थाले बजारमा प्रवेश गरेर सर्टटर्म ट्रेड गरेर नाफा बुक गर्न नमिल्ने र दिर्घकालिन लगानीगर्दा त्यस्ता संस्थाले दिने बोनसले ब्याजनै नधान्ने देखिएकाले अहिले बैंक तथा वित्तीय संस्थाहरु बजारबाट बाहिरिएका छन् । यस्तै चलाख लगानीकर्ताहरु पनि नप्से परिसुचक ३ हजार अंक पार गर्दा बाहिरिएको र अहिले पर्ख र हेरको अवस्थामा बसेकाले पनि कारोबार रकममा उच्च गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL