Logo

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, रिफर गरे १ लाखसम्म जित्न सकिने

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, रिफर गरे १ लाखसम्म जित्न सकिने



काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । एपमा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने गरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार दैनिक सबैभन्दा बढि रिफर गर्नेले १ हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।

उक्त योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL