Logo

जोरविजोर खोल्न दिने निर्णय विरुद्ध यातायात व्यवसायी, सबै प्रकारका सार्वजनिक सवारी खोल्न माग

जोरविजोर खोल्न दिने निर्णय विरुद्ध यातायात व्यवसायी, सबै प्रकारका सार्वजनिक सवारी खोल्न माग



काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले देशैभरीका सबै सार्जजनिक सवारीसधन संचालनमा ल्याउन दिनुपर्ने माग अघि सारेका छन् ।उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको निर्णय अव्यवहारिक भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसको विरोध जनाएका हुन् ।

संयुक्त विज्ञप्ति अनुसार गत १० गते यातायात व्यवसायीहरुले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य प्रोटोकोल लागु गरेर सबै प्रकारका सार्वजनिक यातायात सेवा संचालन गर्न दिनुपर्ने सुझाव दिएका थिए । तर, तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले व्यवसायीको सुझाव विरुद्ध निर्णय गरेको उनिहरुको भनाई छ ।

अन्य व्यवसायलगायत आन्तरिक हवाई उडान पनि खोलिसकिएको अवस्थामा सार्वजनिक सवारीसाधन चल्न नदिनु देशलाई आर्थिक संकटतिर धकेल्नु रहेको यातायात व्यवसायी तथा मजदुरहरुको भनाई छ । त्यसैले प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो निर्णय सच्च्याई देशैभरीका लामो, छोटो र मध्यम दुरीका सबै सवारीसाधन चल्न पाउनेगरी निर्णय गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा जोरविजोरप्रणालीअनुसार २५ सिट क्षमता माथिका सवारीसाधन मात्रै चल्न पाईने निर्णय गरेको छ । यस्तै यस अवधिमा लामो र मध्यम दुरीका सार्वजनिक सवारीसाधन पनि चलाउन नपाईने निर्णय भएको थियो ।

May be an image of text
May be an image of text

प्रतिक्रिया दिनुहोस्
MBL