Logo

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । लगातार घटबढ भईरहेको सुनको मूल्य आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा आज चाँदीको मूल्यमा वृद्धि हुँदा शुक्रबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL