Logo

होण्डाको सीबी ३५० डीएलएक्स नेपाली बजारमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

होण्डाको सीबी ३५० डीएलएक्स नेपाली बजारमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले होण्डाको सीबी ३ सय ५० डीएलएक्स लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।

laxmi

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित उक्त बाइकमा ३ सय ५० सिसिको इन्जिन रहेको कम्पनीले जानकारी दिएको छ । मोर्डन फिचरहरुले भरिपूर्ण उक्त बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL