Logo

सेयर कारोबारमा पूँजीगत लाभकर बढ्यो, लगानीकर्तालाई फाईदा व्यापारीलाई घाटा

सेयर कारोबारमा पूँजीगत लाभकर बढ्यो, लगानीकर्तालाई फाईदा व्यापारीलाई घाटा



काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको छ । पछिल्लो समय बजारमा अल्लकालिन लगानीकर्ता भित्रिएर बजारमा चलखेल गर्न थालेसँगै सरकारले पूँजीगत लाभकर वृद्धि गरेको हो ।

laxmi

सरकारले आर्थिक बर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्दै १ बर्षभन्दा कम समयमा सेयर खरिदबिक्री गर्ने लगानीकर्ताका लागि हालको पूँजीगत लाभकरमा ५० प्रतिशतले वृद्धि गरेको हो ।

यसअघि समग्रमा पूँजीगत लाभकर ५ प्रतिशत रहेकोमा बजेटमार्फत १ बर्षभन्दा कम समयमा सेयर बिक्री गर्ने लगानीकर्ताको हकमा वृद्धि गर्दै साढे ७ प्रतिशत पुर्याएको छ । तर १ बर्ष भन्दा बढी समयमा सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको हकमा भने ५ प्रतिशतनै कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL