Logo

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड–१९) को संक्रमण रोक्थाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । यसको मुल उदेश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीको भनाई छ । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैइाँ सहयोगका साथै फीभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL