Logo

सेयर लगानीकर्तालाई अम्बिका पौडेलको सुझाव–आज शुक्रवार कारोबार छैन नभनौं, सबैभन्दा ठूलो कारोवार आजै गरौं

सेयर लगानीकर्तालाई अम्बिका पौडेलको सुझाव–आज शुक्रवार कारोबार छैन नभनौं, सबैभन्दा ठूलो कारोवार आजै गरौं



काठमाडौं । ठूला सेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले लगानीकर्ताहरुलाई शुक्रबार सबैभन्दा बढी सेयर कारोबार गर्न सुझाव दिएका छन् । शुक्रबार नेप्से बन्द हुने भएपनि उनले फेसबुकमार्फत लगानीकर्ताहरुलाई प्राविधिक रुपमा सबैभन्दा बढी कारोबार गर्न सुझाव दिएका हुन् ।

पछिल्लो समय लगानीकर्ताहरु सामाजिक संजालमा आएको छदमभेसी सूचनाको आधारमा लगानी गर्ने क्रम बढेसँगै उनले सेयर बजारका लगानीकर्ताहरुलाई आफुले खरिदबिक्री गरेको कम्पनीको विश्लेषण गरेर मात्रै लगानी गर्न सांकेतिक रुपमा शुक्रबार बढी कारोबार गर्न सुझाव दिएका हुन् । ‘आज शुक्रवार, कारोबार छैन नभनौं,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘आज सबै भन्दा ठूलो कारोवार गरौं अर्थात ५ कार्य दिनमा आफूले खरिद गरेका र बिक्री गरेका कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्टको अध्यायन गरौं । गत बर्षको तुलनामा यो बर्ष आर्जन गरेको नाफा, गत वर्ष र यो वर्षको मूल्य, तपाईसँग नभएको त्यतै कम्पनीको मूल्य, एक वर्षमा व्यवसायको बृद्धि लगायतका कुरा र यो हप्ता आफूले गरेका निर्णयको पुनरावलोकन गरौं ।’

साथै पछिल्लो समय लगानीकर्ताहरुले आफुले खरिदबिक्री गर्ने कम्पनीको त्रैमासिक रिपोर्ट, नाफा नोक्सान लगायत कुनै पनि विषय अध्ययन नगरी सामाजिक संजालमा आएको सूचना तथा सुझावको आधारमा सेयर किन्ने र घाटामा जाँदा भाग्य नभएको भन्दै दोष दिने क्रम बढेसँगै उनले सेयर बजारमा भाग्यमा भन्दा अध्ययनमा विश्वास गर्न समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL