Logo

निशेधाज्ञाभर सुन आयात र वितरण प्रभावित हुने, व्यबसायी भन्छन – प्रतिदिन २० किलोको कोटा बढि भयो

निशेधाज्ञाभर सुन आयात र वितरण प्रभावित हुने, व्यबसायी भन्छन – प्रतिदिन २० किलोको कोटा बढि भयो



काठमाडौं । कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निशेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निशेधाज्ञा जारी गरेको हुनाले निशेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयात हुन कठीनाई हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

laxmi

महासंघले निशेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए । उनले अधिकांस स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए । अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपनि निरन्तरता दिँदा पछि अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका उनको छ ।

महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्ष एशोसिएशन सँग आग्रह गरिएको बताए । यसका लागि ब्यवसायी र बैंकर्ष एशोसिएसनवीच आवश्यक परामर्श भैरहेको उनको भनाई छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनल ब्यवसायीहरुलाई आग्रह गरे ।
विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तकिव ब्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिय पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो ।

तर त्यो सुन काँ गयो भन्ने तथ्याङ महासंघ संग नै छैन । यसर्थ फेरी पनि त्यसरी सुन गायव नओस भन्नेतर्फ महासंघ सचेत बनेको छ । सामान्यतया बैंकहरुवाट आयात हुनजे सुन १५ दिन पछि ब्यवसायीको सिफरिस विना नै विक्री गर्न पाइन्छ । यसरी वक्री गरिँदा त्यस्तो सुन सिमित ब्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL