Logo

बजाजको नयाँशोरुम बल्खुमा, थ्री एस सर्भिस उपलब्ध

बजाजको नयाँशोरुम बल्खुमा, थ्री एस सर्भिस उपलब्ध



काठमाडौं । बजाज मोटरसाईकलको नयाँ शोरुपम बल्खुमा खुलेको छ । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब संचालनमा ल्याएको हो ।

laxmi

ग्राहकलाई सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यजस अन्तरगत बजाले आरएस अटोहबका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरेको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ बल्खुमा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL