Logo

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशतसम्म सहुलियत ऋण पाईने

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशतसम्म सहुलियत ऋण पाईने



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच एक सम्झौता भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

laxmi

उक्त सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशत सम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरामा शाखा कार्यलयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL