Logo

माईक्रोफाईनान्समा एफपीओ धन्दा, आईपीओ निष्काशन नगरेका कम्पनी मर्ज गर्दै उच्च मूल्यमा सेयर बिक्री

माईक्रोफाईनान्समा एफपीओ धन्दा, आईपीओ निष्काशन नगरेका कम्पनी मर्ज गर्दै उच्च मूल्यमा सेयर बिक्री



काठमाडौं । पछिल्लो समय माईक्रोफाइनान्स कम्पनीहरुले एफपीओ निष्काशनका नाममा कमाउ धन्दा चलाएका छन् । बजारमा खेलाडीहरुले लाईसेन्स मात्र लिएर आईपीओ जारी नगररी बसेको माइक्रोफाइनान्स कम्पनीलाई आईपीओ जारी गरेका कम्पनीसँग मर्ज गराउँदै एफपीओ निष्काशनको नाममा कमाउ धन्दामा लागेका हुन् ।

laxmi

यस अघि माईक्रोफाइनान्सहरुले हकप्रद सेयर जारी गर्दै सेयर मूल्यमा चलखेल गर्दै कमाउने बाटो बनाएका थिए । तर नियामक निकाय राष्ट्र बैंकले हकप्रद सेयर जारी गर्न कडाई गरेसँगै एफपीओ धन्दा चालउन खोजेका हुन् ।

विशेषगरी पछिल्लो समय मध्यमस्तरका माईक्रोफाईनान्स कम्पनीहरुले आईपीओ जारी नगरेका कम्पनीहरुसँग मर्ज गराउँदै एफपीओ निष्काशन गर्ने प्रयास गर्दैछन् । हाल महुली सामुदायिक लघुवित्त, उन्नति लघुवित्त, सारथी नेपाल लघुवित्त, किसान लघुवित्त, समिट लघुवित्त एफपीओ निष्कासनको प्रयासमा छन् । राष्ट्र बैंकले हकप्रदबाट चुक्तापूँजी वृद्धिको बाटो बन्द गरिदिएपछि उनीहरुले कानूनी छिद्र छल्दै मर्जको नाममा आईपीओ जारी नगरेका कम्पनीसँग आन्तरिक रुपमा डिल गर्दै एफपीओ निष्काशन गरेर कमाउधन्दा चलाउन लागेका हुन् ।

यसैयरी मर्जर सम्पन्न गरेको वोमी माइक्रोफाइनान्स पनि एफपीओको चक्करमा छ भने इन्फीनीटिलगायत अन्य माईक्रोफाइनान्सको पनि अवस्था त्यस्तै छ । पछिल्लो समय मध्यमस्तरमा माईक्रोफाईनन्सको कमाउन धन्दा भनेकै आईपीओ जारी नगरेका कम्पनी मर्ज गरेर संस्थापक सर्वसाधारको हिस्सा विगागर्ने र उक्त हिस्सा मिलाउन भन्दै एफपीओ जारी गरेर कमाउने खेलमा लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पहिला हकप्रदको धन्दा चलेको थियो तर अहिले राष्ट्र बैंकले अधोषित रुपमा हकप्रद निष्काशन रोकेसँगै उक्त समुह अहिले एफपीओमा लागेका छन्,’ एक लगानीकर्ताले भने, ‘जसका कारण कम्पनीको बजार मूल्यमा अनावश्यक रुपमा चलखेल हुनुका साथै एफपीओका नाममा अन्तरिक रुपमा डिल गर्दै कमाउधन्दा चलाएका छन् ।’ यदि नियामक निकायले आईपीओ जारी गरेको र जारी नगरेको कम्पनीबीच मर्जर गराएर सेयर संरचना विगारेर एफपीओ ल्याउने क्रम नरोक्ने हो भने आगामी दिनमा यसले ठूलो विकृति ल्याउने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

राष्ट्र बैंकले ९० वटा माईक्रोफाइनान्स कम्पनीहरुलाई सञ्चालन अनुमति दिएको थियो । तर पछिल्लो समय उक्त संख्या बढी भएको निष्कर्ष निकाल्दै मर्जर तथा एक्विजिसनलाई प्राथमिकता दिएर सो संख्या हाल ७६ मा झरेको झारको छ । तर सो मध्येपनि नेपाल स्टक एक्चेन्ज (नेप्से)मा ५३ वटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । ती बाहेकका अन्य माईक्रोफाइनान्सले आईपीओ नै जारी नगरेको र खेडालीहरुले त्यस्ता कम्पनीसँग मर्ज गराएर एफपीओ धन्दा चलाउने प्रसायमा छन् । यदि नियाकमले त्यसरी लाईसेन्स लिएका कम्पनीलाई आईपीओ जारी नगरी मर्जमा जान नपाउने व्यवस्था नगर्ने हो भने यसले आगामी दिनमा थप विकृति ल्याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL