Logo

रोनाल्डोले किने विश्वकै महंगो कार, १ करोड ८९ लाख अमेरिकी डलरको कारमा यस्ता छन् विशेषता

रोनाल्डोले किने विश्वकै महंगो कार, १ करोड ८९ लाख अमेरिकी डलरको कारमा यस्ता छन् विशेषता



काठमाडौं । विश्वप्रशिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनााल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् ।

laxmi

१ करोड ८९ लाख अमेरिकी डलर पर्ने बुगाटी ला भोईचर नामक कार रोनाल्डोले खरिद गरेका हुन् । रोनाल्डोले अर्डर गरेअनुसार सुविधाहरु कस्टमाइज गरिएको उक्त कारको मूल्य धेरैको परिकल्पना बाहिरको कुरा हो । ।

पैसा मात्रै नभएर कारको सेवासुविधा पनि सोहीअनुसार छ । जुन कार मात्रै नभएर १ हजार ५ सय हर्सपावरको मेशिनसरह हो । कारमा क्वाड टर्बो १६ सिलिण्डरयुक्त ईन्जीन जडान गरिएको छ ।

जुन बुगाटी साईरोनको जस्तै हो । जसले १ हजार ५ सय हर्सपावर क्षमता विस्तार गर्छ । यस्तै कारको अघिल्लो सतहमा धुवाँ फाल्ने ६ ओटा पाईप जडान गरिएको छ ।

यस्तै पछिल्लो भागमा त्यसभन्दा बढी पाईप जडान गरिएको छ, जसले कारलाई अझै तीव्र गतिमा गुड्न मद्धत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL