Logo

किन कतिपय कोरोना संक्रमितलाई लक्षण नै देखिदैन ? यसरी सकिन्छ पत्ता लगाउन

किन कतिपय कोरोना संक्रमितलाई लक्षण नै देखिदैन ? यसरी सकिन्छ पत्ता लगाउन



काठमाडौं । कोरोना भाईरसले विश्वभर त्रास मच्चाएको छ । विश्वभरीका ३५ लाख बढी यसका संक्रमित छन भने करिव २ लाखले यसकै कारण ज्यान गुमाईसकेका छन् । तर त्यसमा पनि ८० प्रतिशतमा भने यसका कुनै लक्षण नदेखिएको एक अध्ययनले देखाएको छ । उनिहरुमध्ये धेरैलाई कोरोनाका लक्षण देखिदैनन भने कतिपयलाई सामान्य मात्रै लक्षण देखिने गरेका छन् । जसमा बालबालिका तथा बयस्कहरु यसका उदाहरण हुन ।

laxmi

तर समाजमा भएका लक्षणविहिन कोरोना संक्रमित पहिचान गर्न भने ठुलो समस्या छ । यसका लागि समाजमा भएका सबै प्रकारका मानिसहरुको जाँच गर्नु जरुरी छ र को विरामी र को बिरामी छैन पत्ता लगाउनु जरुरी छ ।

तर किन कुनै व्यक्ति मरणासन्न हुनेगरी बिरामी हुन्छन भने कसैलाई यसको लक्षण नदेखिकनै संक्रमण भएको हुन्छ । यसको खास कारण त अहिलेसम्म पत्ता लागेको छैन । तर केही कुरा भने बाहिर आएका छन् ।

जब हाम्रो शरिरमा कोरोना भाईरसको प्रवेश हुन्छ तव के हुन्छ ?

अन्य भाईरसहरुजस्तै कोरोना भाईरसहरु पनि मानव शरिरमा प्रवेश गरेपछि विभिन्न कोशमा विभाजन भएर जिउन जरुरी हुन्छ । त्यसका लागि भाईरसको बाहिरी पत्रमा प्रोटिनको एक तह हुन्छ जसलाई एसीइ२ नामले चिनिन्छ । यो ताला र चावी जस्तै हुन्छ । जब भाईरसले फोक्सो, मृगौला, मुटु तथा आन्द्रामा आक्रमण गर्दा भाईरस र उक्त हाम्रो शरिरमा भएको भाईरसका बाहिरी आवरण मिल्छन ।

यसपश्चात हाम्रो शरिरमा कोरोना भाईरसको संक्रमण हुन्छ र यसको लक्षण देखिन १४ दिनभन्दा बढीको समय लाग्न सक्छ । यसको संक्रमण हुने स्थानबाट ठुलो रुपमा शरिरमा फैलन्छ र हाम्रो शरिरमा भएको रोग प्रतिरोधात्म क्षमतामाथी असर पर्छ । तर संक्रमणको प्रथम चरमै हाम्रो शरिरमा प्रतिरोधी क्षमता बढी भए यसको संक्रमण रोक्न सकिन्छ र यसका भाईरस फोक्सोसम्म पुग्नबाट रोक्न सकिन्छ ।

केही प्रतिरक्षा प्रणाली आधारभुत हुनसक्छन

हाम्रो प्रतिरक्षा प्रणालील हाम्रो शरिरमा २ रेखामार्फत भाईरसको संक्रमण बचाउँछ । भाईरसबाट बचाउने पहिलो रेखा भनेको हाम्रो छाला, म्युकस मेम्ब्रेन ९हाम्रो नाक तथा घाँटीमा भएको पातलो झिल्ली०, तन्तुमा पाईने विभिन्न प्रोटिनका अणुहरु तथा सेता रक्तकोशहरु हुन । यीनीहरुले हाम्रा शरिरमा आक्रमण गर्न खोज्ने भाईरसहरुबाट तुरुन्तै बचाउँछन । यीनीहरु रोग प्रतिरोधीका लागि सामान्य हतियार मानिन्छन ।

बालबालिकाहरुसँग यस्ता प्रतिरोधी क्षमताहरु बयस्क रुपले विकसित भईसकेका हुँदैनन । तर उनहरुसँग भएको आन्तरिक रोग प्रतिरोधात्मक क्षमताले उनिहरुलाई कोरोना भाईरसलगायतका संक्रमण हुनबाट बचाउँछ । जुन बयस्क मानिसभन्दा राम्रो मानिन्छ ।

बालबालिकाहरुमा भएको दोस्रो रेखाका प्रतिरोधी क्षमताले उनिहरुको शरिरमा आक्रमण गर्ने भाईरसको वृद्धि विकास रोकिदिन्छ । यसले भाईरसलाई चाँडोभन्दा चाँडो सफाई गर्ने काम पनि गर्दछ । यसले रोगसँग लड्न केही समय भने अवश्य लाग्छ तर एकचोटी यो स्थापित भईसकेपछि पुनः रोगसँग लड्ने क्षमता कायमै रहन्छ ।

संक्रमणको पहिलो चरणपछि तपाईँ विरामी भएको केले निर्धारण गर्छ ?

भाईरसले हाम्रो प्रतिरोधी क्षमता पार गरेर अर्थात छाला, नाक, घाटीलगायत पार गर्यो भने यो हाम्रो श्वासप्रश्वास प्रक्रिया अर्थात फोक्सोतीर लम्किन्छ ।

फोक्सोमा पुगेपछि यो हाम्रा शरिरमा भएका भाईरसको बाहिरी तह एसीइ२ सँग घुलमील हुन्छ र कोरोना भाईरसका कोशहरु बढ्दै जान्छन । त्यसपश्चात तपाईँ कत्तिको बिरामी हुनहुन्छ भन्ने कुरा तपाईँको फोक्सोमा यसका भाईरसहरु कती छन् भन्नेले निर्धारण गर्दछ ।

जब हाम्रो शरिरमा घुसेको कोरोनाको भाईरस र हाम्रो प्रतिरोधी क्षमताबीच युद्ध हुन्छ तव संक्रमित केही अणुहरुबाट ठुलो मात्रामा तरल पदार्थ निस्कन्छ र त्यसले फोक्सोको श्वास फेर्ने फोकाहरु पुरीदिन्छ । यसपश्चात हाम्रो शरिमा भएको रगतमा अक्सिजनका मात्रा कम हुन्छ र कार्वनडाईअक्साईड पनि बाहिर निश्कन पाउँदैन । त्यसपछि हामीलाई निमोनिया, रुघाखोकी, ज्वरो लगायत श्वास फेर्न गाह्रो हुने समस्या आउँछ । वल्र्ड ईकोनोमिक फोरमबाट

प्रतिक्रिया दिनुहोस्
MBL