Logo

यस्तो छ महानगर प्रमुखको सरसफाइ रुट, तपाईँकोमा छुट्यो कि ?

यस्तो छ महानगर प्रमुखको सरसफाइ रुट, तपाईँकोमा छुट्यो कि ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले क्लिन द सिटी अभियान प्रचार र देखाउनका लागि नभइ काठमाडौंलाई मानिस बस्न योग्य सहर बनाउनका लागि थालिएको बताएका छन् ।

बुधबार सम्पन्न नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार विहीबारबाट थालनी भएको अभियानलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘काम थोरै होस् केही छैन तर काम गरेको ठाउँमा सुधार देखिनु पर्छ’ उनले भने ।

अभियान शुभारम्भ अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सहभागिता र समन्वयले काम दिगो हुने बताइन् । साथै सबैलाई लाभ हुने काममा समाजका हरेक पक्ष मिल्नु पर्ने धारणा समेत व्यक्त गरिन् ।

काठमाडौँ महानगर र बुढानिलकण्ठ नगरपालिकाको सिमाना वाँसवारी न्यूरो अस्पताल अगाडिदेखि शुरु भएको सफाई सहिद गंगालाल हृदय रोग केन्द्र हुँदै चक्रपथसम्म गरिएको थियो । सहरलाई मानव बस्ती अनुकुल बनाउन महानगरले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलंकीबाट सोल्टी मोडतर्फ गरी ४ रुटबाट सरसफाइ गर्ने योजना बनाएको छ ।

यस अभियान अन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् ।

अभियान शुभारम्भ भएको दिन २ मेट्रिक टन धुलो संकलन गरिएको संकलित धुलो टेकु ल्याइएको महानगरको वातावरण व्यवस्थापन विभागका  प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

अभियान शुभारम्भका अवसरमा काठमाडौँ महानगरको वडा नम्बर ३ का वडाध्यक्ष दिपक केसी र वडा ३३ का वडाध्यक्ष दलबहादुर कार्की, अन्य निर्वा्चित प्रतिनिधिसहित सरसफाईका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL