Logo

२४ घण्टामा थपिए ७१० जना नयाँ कोरोनाका संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा थपिए ७१० जना नयाँ कोरोनाका संक्रमित, २ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयमा देशभर ५ हजार २५ नमुना परिक्षण गरिएको थियो । यस अवधिमा २ हजार ५ सय ४१ पीसीआर परिक्षण गरीएकोमा ५ सय २४ जना कोरोना संक्रमित थपिएको हो ।

यस्तै २ हजार ४ सय ८४ एन्टिजेन नमुना परिक्षण गर्दा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो अबधिमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित मध्ये निको हुनेको संख्या २ सय १५ रहेको छ । हालसम्म कुल संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL