Logo

मलेसियामा कोरोना महामारी रोक्नका लागि संकटकाल घोषणा, राजाद्धारा संसद निलम्बन

मलेसियामा कोरोना महामारी रोक्नका लागि संकटकाल घोषणा, राजाद्धारा संसद निलम्बन



काठमाडौं ।  मलेसियामा कोरोना भाइरसको महामारी रोक्नका लागि संकटकाल घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले मंगलबार संकटकाल घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्मका लागि लगाएको बताइएको छ । अवस्था हेरेर त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ । संकटकाल घोषणा भएसंगै मलेसियाको संसद् स्वतः निलम्बन भएको छ ।

अब प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्न पाउनुहुने छ । प्रधानमन्त्री यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन गरेको सिफारिस राजा अब्दुल्लाहबाट अस्विकृत भएको थियो । गरिदिएका थिए ।

त्यतिबेला संसदमा नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL